दाङ प्रदेशसभामा नेकपाको अग्रता कायमै

 मंसिर १५, २०७६ आइतबार १३:३९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – दाङको प्रदेशसभा ३ (ख) को उपचुनावको मतगणना भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपाले नेकपाकी उम्मेदवार विमलाकुमारी खत्री (वली)ले २ हजार ७ सय ४३ मत प्राप्त गर्नुभएको छ । 

उहाँलाई पछ्याइरहनुभएका कांग्रेसका उम्मेदवार केशवराज शर्माले १ हजार ९ सय ३३ मत प्राप्त गर्नुभएको छ ।

जिल्ला समन्वय समितिको सभाहलमा मतगणना बिहान ९ बजेबाट सुरू भएको हो ।

जम्मा ६८ हजार ७ सय १९ जना मतदाता रहेको यो क्षेत्रमा ४५ हजार ७ सय १८ मत खसेको थियो । जसमा ३० हजार १ सय २८ जना पुरुष र २५ हजार ५ सय ९० जना महिलाले मतदान गरेका थिए ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया