उपचुनाव: धरान उपमहानगरमा कांग्रेसका तिलक राईकाे अग्रता

 मंसिर १५, २०७६ आइतबार १५:२:१९ | सुमन पुरी
unn.prixa.net

सुनसरी - धरान उपमहानगरपालिकामा मेयरका लागि भएको उपचुनावमा नेकपाका उम्मेद्वार प्रकाश राई र नेपाली काग्रेसका तिलक राईबीच कडा प्रतिष्पर्धा चलिरहेको छ ।

पछिल्लो मत परिणाम अनुसार नेकपालाई उछिन्दै कांग्रेसले अग्रता बनाएको छ । ताजा परिणाम अनुसार कांग्रेसका तिलक राईको ६ हजार ८ सय ५८ मत आएको छ भने नेकपाका प्रकाश राईले ६ हजार ४ सय ३४ मत पाउनु भएको छ । उहाँहरुबीच, ४ सय २४ मतको फरक छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

सुमन पुरी

उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया