कास्की उपचुनाव : नेकपाकी विद्या भट्टराई विजयी

 मंसिर १५, २०७६ आइतबार १९:१७:१९ | सुमन गुरुङ
unn.prixa.net

कास्की – कास्की निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई (अधिकारी) विजयी हुनुभएको छ । 

भट्टराईले नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई ८ हजार ४ सय ३ मतले पराजित गर्नुभएको हो । भट्टराईले २४ हजार ३ सय ९४ मत प्राप्त गर्दा पौडेलले १५ हजार ९ सय ९१ मत प्राप्त गर्नुभएको हो ।  

भट्टराई विजयी भए लगत्तै कांग्रेस उम्मेदवार पौडेलले मतदातालाई धन्यवाद दिनुका साथै भट्टराईलाई खादा ओढाएर बधाइ तथा आगामी कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभएको छ ।

त्यस्तै समाजवादी पार्टीका धर्मराज गुरुङले १ हजार ९ सय २२ मत प्राप्त गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका रोमबहादुर भण्डारीले १ हजार १ सय ५३, साझा पार्टीकी रजनी केसीले ९ सय ४२ मत प्राप्त गर्नुभएको छ । 

कास्कीमा ६ सय मत बदर भएको छ । १६ जना उम्मेद्वारले बदर मतभन्दा पनि कम मत पाएका छन् । 

कास्की २ मा ६३ दशमलव ० प्रतिशत अर्थात ४५ हजार ५ सय ६३ मत खसेको थियो । कुल ७१ हजार ८ सय ७१ मतदाता रहेको कास्कीमा २० हजार ७ सय ८४ पुरुष र २४ हजार ७ सय ७९ महिलाले मतदान गरेका थिए । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया