च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
दाङ – प्रदेश सभाअन्तर्गत दाङ क्षेत्र नम्बर ३ (ख) मा मतगणना चलिरहँदा नेकपा ३ हजार मतले अघि छ ।
ताजा मतगणनाअनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार विमलाकुमारी खत्री (वली) ले १४ हजार ५ सय ७८ मत प्राप्त गर्नुभएको छ । उहाँलाई कांग्रेसका उम्मेदवार केशवराज शर्माले पछ्याइरहनु भएको छ ।
कांग्रेसका उम्मेदवार शर्माले ११ हजार १ सय ९४ मत प्राप्त गर्नुभएको छ । उहाँ नेकपाकी उम्मेदवार खत्रीभन्दा ३ हजारभन्दा धेरै मतले पछाडि हुनुहुन्छ ।
जम्मा ६८ हजार ७ सय १९ जना मतदाता रहेको यो क्षेत्रमा ४५ हजार ७ सय १८ मत खसेको थियो ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।