उपचुनाव : बागलुङमा जनमाेर्चा, दाङमा नेकपा र धरानमा कांग्रेसकाे अग्रता

 मंसिर १५, २०७६ आइतबार २१:१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रदेशसभा अन्तर्गत बागलुङ २ को (ख) र दाङ ३ को (ख) को अन्तिम मत परिणाम आउन बाँकी छ ।

पछिल्लो परिणाम अनुसार बागलुङ २ को (ख) मा बाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका खिम विक्रम शाहीले ५ हजार ५६ र नेपाली कांग्रेसका जीतबहादुर शेरचनले ३ हजार ७ सय ५६ मत ल्याउनुभएको छ ।

यस्तै दाङ ३ को (ख) मा नेकपाको तर्फबाट विमला कुमारी खत्रीले १३ हजार ३ सय ४३ र नेपाली कांग्रेसका १० हजार ४ मत ल्याउनुभएको छ ।

यसैबीच, सुनसरीको धरान उपमहानगरपालिकामा मेयरका लागि भएको उपचुनावमा नेकपाका उम्मेद्वार प्रकाश राई र नेपाली काग्रेसका तिलक राईबीच कडा प्रतिस्पर्धा चलिरहेको छ ।

पछिल्लो मत परिणाम अनुसार नेकपालाई उछिन्दै कांग्रेसले अग्रता बनाएको छ । कांग्रेसका तिलक राईको ११ हजार ८ सय २७ मत आएको छ भने नेकपाका प्रकाश राईले ११ हजार १ सय २० मत पाउनु भएको छ ।

धरानमा जम्मा ५५ हजार ११ मत खसेकाे थियाे ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया