नेपालले एकै दिन जित्याे १२औँ सागमा भन्दा धेरै स्वर्ण

 मंसिर १६, २०७६ सोमबार १४:४४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले पहिलो दिन नै १२ औं सागको भन्दा धेरै स्वर्ण हात पारेको छ ।

पहिलो दिनको खेलमा कराँते र तेक्वान्दोमा बढी पदक जितेको नेपालले अहिलेसम्म ६ स्वर्ण जितिसकेको छ । यो संख्या १२ औँ सागको भन्दा ३ स्वर्ण बढी हो । 
यसअघि भारतमा भएको सागमा नेपालले पूरै प्रतियोगितामा जम्मा ३ स्वर्ण जितेको थियो ।

१२ औं सागमा नेपालका लागि जुडोकी फूपु ल्हामू खत्री, उसुकी निमा घर्तिमगर र फुटबल टिमले स्वर्ण जितेको थियो । तेक्वान्दोमा नेपाल १२ औँ सागमा स्वर्णविहीन भएको थियो ।

भारतको गुवाहिटी र सिलोङमा भएको १२ औँ सागमा नेपालले ३ स्वर्ण, २३ रजत र ३४ कास्य गरी ६० पदक जितेको थियो ।  

नेपालले प्रतियोगिता उद्घाटन भएको दोस्रो दिन नै आफ्नो प्रभाव जमायो । जसमा नेपालले ७ वटा स्वर्ण जितिसकेकाे छ । 

१३औँ सागमा अहिलेसम्म नेपालका लागि कराँते कुमुतेतर्फ लक्ष्मण तामाङ, व्यक्तिगत पुम्सेतर्फ सिना लिम्बू, तेक्वान्दाेमा कमल श्रेष्ठ, कराँते एकल कातामा मण्डेकाजी श्रेष्ठ र महिला ट्रायथलनमा साेनु गुरुङले स्वर्ण जितेका छन् । त्यस्तै नेपालले महिला पुरुष दुवै कातामा स्वर्ण जितेकाे छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया