पाँचथरको फालेलुङमा आगलागी, ८५ वर्षीया वृद्धाको ज्यान गयो

 मंसिर १७, २०७६ मंगलबार १४:१६:२२ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – फालेलुङ गाउँपालिका–३, मेमेङको एक घरमा आगलागी एक जना वृद्धाको ज्यान गएको छ । सोमबार राति आगलागी हुँदा ८५ वर्षीया वृद्धा टंकरानी थाम्सुहाङको ज्यान गएको हो ।

टंकरानी घरमा एक्लै बस्दै आउनुभएको थियो । मध्य रातमा आगलागी भएका कारण छिमेकीले पछि मात्रै थाहा पाएका थिए ।

वृद्धाको शव जलेको अवस्थामा भेटिएको पाँचथर प्रहरीले जनाएको छ । चुल्होबाट आगो सल्किएर आगलागी भएको प्रहरीको अनुमान छ । थाम्सुहाङ चुल्होको छेउमा  नै सुत्ने गर्नुभएको थियो । 

आगलागीबाट दुई तले घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया