सांसद हसिना खानद्वारा शपथ ग्रहण
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डौ - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक चलिरहेको छ ।
केन्द्रीय कार्यलय धुम्बाराहीमा बसिरहेको बैठक समसामयिक राजनीतिक विषयबस्तुमा केन्द्रित रहेको नेकपाले जनाएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि नेकपा सचिवालय बैठक पहिलोपटक बसेको हो ।
आजको बैठकमा स्थायी कमिटी बैठकको एजेण्डा र मितिबारे छलफल हुने नेताहरुले बताएका छन् छ । यस्तै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था, उपचुनावको समीक्षालगायत विषयमा पनि छलफल भैरहेको छ ।
प्रधानमन्त्री ओलीलाई थप उपचारका लागि विदेश लैजाने कि नेपालमै डाक्टर झिकाएर उपचार गराउने भन्ने बारेमा आजको बैठकमा छलफल हुने नेकपाका नेताहरुले बताएका छन् ।
एकतापछि पार्टीभित्रका केही आन्तरिक विषयबस्तुमा अझै सहमति जुटाउन नसकेकोले त्यस विषयमा पनि आजको बैठकमा छलफल हुने नेकपाले जनाएको छ ।