कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासकाे मत
बैशाख १३, २०८१ बिहिबार
काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपचुनावको समीक्षा रिपोर्ट केन्द्रीय कमिटीमा पेश गर्न सम्बन्धित कमिटीहरुलाई निर्देशन दिएको छ ।
बुधबार पार्टीकाे केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको नेकपा सचिवालय बैठकले उपचुनाव भएका सम्बन्धित क्षेत्रका कमिटीहरुलाई चुनावको समीक्षा गरेर पार्टी केन्द्रीय कार्यालयमा रिपोर्ट पठाउन निर्देशन दिएको हो ।
कमिटीहरुबाट प्राप्त रिपोर्टका आधारमा मंसिर २३ गते बस्ने बैठकमा औपचारिक छलफल गर्ने निर्णय बैठकले गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । बैठकमा पार्टीको संगठनात्मक एकताका विषयमा पनि छलफल हुने उहाँले बताउनुभयो ।
अब बस्ने सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा पनि छलफल गर्ने उहाँले बताउनुभयो । नेकपाको स्थायी कमिटी र सचिवालय बैठक पार्टी एकतापछि एक पटक मात्रै बसेको छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रधानमन्त्रीको स्वास्थ्यका विषयमा पनि जानकारी गराउनु भएको थियो । गएकाे मंसिर ४ गते कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि प्रचण्डले पहिलो पटक सचिवालय बैठक बोलाउनुभएको हो ।
प्रधानमन्त्री ओलीसँग छलफल गरेर डाकिएको बैठकमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र उपप्रधानमन्त्रीसमेत रहनुभएका ईश्वर पोखरेल अनुपस्थित हुनुहुन्थ्यो ।