साढे ३३ किलो सुन तस्करी प्रकरण : आरके ज्वेलर्स सञ्चालन गर्न बाटो खुला

 मंसिर १९, २०७६ बिहिबार ७:५४:३१ | रासस
unn.prixa.net

काठमाण्डौ – सर्वोच्च अदालतले साढे ३३ किलो सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न गठित उच्चस्तरीय छानविन समितिले सिलबन्दी खुला गरी आरके ज्वेलर्स सञ्चालनका लागि बाटो खुला गरेको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र डम्बरबहादुर शाहीको संयुक्त इजलासले बुधबार काठमाण्डौको न्यूरोड र दरबारमार्गमा रहेको आरके ज्वेलर्समा लगाएको सिलबन्दी हटाएर पसल सञ्चालन गर्न आदेश जारी गरेको हो । 

समितिको टोलीले २०७५ जेठ २८ गते यो ज्वेलर्समा छापा मारेर सिलबन्दी गरेको थियो । तस्करी गरेको सुन बिक्री गरेको भन्दै साढे ३३ किलो सुन तस्करी प्रकरणमा २०७४ चैत ३० गते ज्वेलर्सका सञ्चालकलाई अनुसन्धानका लागि पक्राउ गरिएको थियो । 

सुनका मुख्य लगानीकर्ता मोहनकुमार अग्रवालको घरमा छापा मारेपछि सनम शाक्यको संलग्नतासमेत खुलेको थियो । अग्रवालको घरमा छापा मारेर ३० लाख रुपैयाँ नगद, दुई किलो चाँदी र १० तोला सुन बरामद भएको थियो ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया