न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
भोजपुर – अरुण गाउँपालिका–६ धाउखानीमा भाइले चिर्पटले हानेर दाइको हत्या गरेका छन् ।
१८ वर्षीय भाइ डिकमान राईले चिर्पट प्रहार गरी दाइ ४० वर्षीय सुवास राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
गएको सोमबार दुवै दाजु भाइले रक्सी खाएर चिर्पट हानाहान गरेका थिए । चिर्पट हानाहान गर्दा गम्भीर घाइते भएका दाजुको बुधबार राति उपचारको क्रममा घरमा नै ज्यान गएको हो ।
हत्या गर्ने भाइलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।