१३ औँ साग : नेपालले भुटानलाई दियो २३७ रनको कीर्तिमानी लक्ष्य

 मंसिर १९, २०७६ बिहिबार १०:४४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालले ट्वेण्टी ट्वेण्टी क्रिकेटमा अहिलेसम्मकै ठूलो योगफल बनाएको छ । १३ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत बिहीबार भएको खेलमा नेपालले अहिलेसम्मकै सबैभन्दा धेरै २ सय ३६ रन रन बनाएको हो । 

ट्वेण्टी ट्वेण्टी क्रिकेटमा नेपालले यसअघि मलेसियासँग बनाएको १ सय ७६ रन सवैभन्दा धेरै योगफल थियो । नेपालका तर्फबाट कप्तान ज्ञानेन्द्र मल्लले १ सय ७ रन बनाए । यस्तै पारस खड्काले ५७ रनको साझेदारी गरे भने दिपेन्द्र सिंह ऐरी ४५ रनमा नटआउट रहे । 

५५ बल खेलेका ज्ञानेन्द्रले ९ छक्का र ५ चौका सहित १ सय ७ रन बनाएका हुन् । यस्तै पारसले २८ बल खेल्दै १ छक्का र ९ चौका प्रहार गरे । दिपेन्द्रले २७ बलमा ४ चौका र २ छक्का सहित ४५ रन बनाए ।

पहिलो विकेटका लागि पारस र ज्ञानेन्द्रले १ सय ८ रनको साझेदारी गरे । यस्तै, ज्ञानेन्द्र र रोहित पौडेलले दोस्रो विकेटका लागि ३१ रनको तथा ज्ञानेन्द्र र दिपेन्द्रले तेस्रो विकेटका लागि ८० रनको साझेदारी गरे ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया