पर्यटन वर्षलाई सहयोग पुर्‍याउन नेपाल र ओमानको राष्ट्रिय संग्रहालयबीच समझदारी

 मंसिर १९, २०७६ बिहिबार ११:४२:३५ | उज्यालो सहकर्मी

यूएई – पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउन नेपाल र ओमानको राष्ट्रिय संग्रहालयबीचसमझदारी पत्रमा हस्ताक्षर भएको छ ।

दुई देशका संग्रहालयबीच एक अर्काको अनुभव र विज्ञताको आदानप्रदान गर्ने तथा दुई देशीय पर्यटन प्रवर्द्धननमा सहयोग पुग्ने उद्देश्यसहित समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

नेपाल पर्यटन वर्षलाई लक्षित गरेर नेपालका पर्यटकीय तथा महत्वपूर्ण विषयमा संग्रहालयमार्फत प्रचारप्रसार गर्न थप सहयोग हुने योजनाका साथ सहमती पत्रमा हस्ताक्षर गरिएको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले बताउनुभयो ।

ओमानको राष्ट्रिय संग्राहलयमा सोमबार एक कार्यक्रमकाबीच राष्ट्रिय संग्राहलय छाउनीका कार्यालय प्रमुख जयराम श्रेष्ठ तथा ओमानको तर्फबाट राष्ट्रिय संग्राहलय ओमानका महानिर्देशक जमल बिन हसन अल मोवासीले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो ।

ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल लगायत दूतावासका अन्य कर्मचारीहरुको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

कार्यक्रममा पुरातत्व विभागका कार्यवाहक महानिर्देशक दामोदर गौतम, ओमानका लागि विभिन्न देशका राजदूत तथा कुटनीतिक कर्मचारी ,राष्ट्रिय संग्राहलय ओमानका पदाधिकारी एवम् ओमान सरकारका  विशिष्ट व्यक्तित्वहरुको समेत उपस्थिति थियो ।
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया