१३औँ साग : उसुमा जुनीले दिलाइन् स्वर्ण, नेपालको स्वर्ण ३६ पुग्यो

 मंसिर १९, २०७६ बिहिबार १८:५७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत जुनी राईले नेपाललाई स्वर्ण पदक दिलाएकी छिन् ।  उनले उसुको सान्सो ५६ केजी तौल समूहमा स्वर्ण पदक जितेकी हुन् ।

लगनखेलमा रहेको नेपाली सेनाको कभर्डहलमा भएको खेलमा जुनीले श्रीलंकाली खेलाडी मधुमालीलाई २–० ले हराउँदै स्वर्ण पदक जितेकी हुन् । जुनीले पहिलो चरणमा भारतीय खेलाडी विद्यावति चानुलाई २–० ले हराएकी थिइन् । मधुमालीले भने बंगलादेशकी साकी अख्तरलाई हराएर फाइनल प्रवेश गरेकी थिइन् ।

जुनीले स्वर्ण जितेसँगै नेपालले उसुमा मात्रै ५ स्वर्ण पदक जितेको छ । यसअघि बिहीबार नै निमा घर्ती मगरले पनि उसुमा स्वर्ण पदक जितेकी थिइन् । उनले २०१६ मा भारतमा भएकाे १२औँ सागमा पनि नेपाललाई स्वर्ण पदक जिताएकी थिइन् । 

जारी १३औँ सागमा भने नेपालको स्वर्ण पदकको संख्या ३६ पुगेको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया