एनसेलकाे ‘रिचार्जमा चमत्कार’ योजनाकाे पहिलो हप्ताका विजेतालाई दुई लाख रुपैयाँ प्रदान

 मंसिर १९, २०७६ बिहिबार २०:३३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - एनसेल प्राइभेट लिमिटेडले ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत पहिलो हप्ताका एक विजयी चित्र कुमार सिगुलाई २ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

पाँचथरका सिगु यस योजना अन्तर्गत पहिलो हप्ताका पाँच विजयीहरु मध्ये एक हुन् । 

मंसिर १ गते देखि सञ्चालनमा आएको याे योजना अन्तर्गत ग्राहकहरुले प्रत्येक हप्ता २ लाख रुपैयाँ र प्रत्येक महिना १० लाख रुपैयाँ जित्ने मौका पाउँछन् । 

योजनाको पहिलो हप्ताका पाँच विजेतामध्येका एक सिगुलाई एनसेल सेन्टर कुमारीपाटीबाट नगद पुरस्कार प्रदान गरिएकाे हाे । 

योजना अन्तर्गत दोस्रो हप्तामा विजयीहरुलाई बिर्तामोडबाट नगद हस्तान्तरण गरिने याेजना रहेकाे कम्पनीले जनाएकाे छ । मंसिर १६ मा घोषणा गरिएका दोश्रो हप्ताका ५ भाग्यशाली विजयीमध्ये तीन जना प्रमाणीकरणकाे प्रक्रियामा रहेका छन् । त्यस्तै एक जना विजेता योजनाको सर्त बमोजिम अयोग्य ठहरिएकाले दोस्रो हप्तामा वितरण भएका कोडका आधारमा तेश्रो हप्ता ती ग्राहकको ठाउँमा नयाँ भाग्यशाली ग्राहक छनोट गरिनेछ । 

यस अफरमा एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा रु १०० वा याेभन्दा बढिको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका योग्य हुन्छन् । आइतबार देखि शनिबारको साप्ताहिक चक्रमा यो योजनामा सञ्चालन भइरहेको छ र योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिनेछ । 

ग्राहकहरुले रु १०० वा त्यो भन्दा बढिको ब्यालेन्स रिचार्जमा प्रत्येक रु १०० बराबरको एक विषेश कोड एसएमएस मार्फत प्राप्त गर्छन् । 

यसरी प्राप्त हुने प्रत्येक कोडलाई ग्राहकले नगद पुरस्कार दावी गर्नका लागि सुरक्षित राख्नुपर्ने हुन्छ । यस योजना अन्तर्गत प्रत्येक हप्ता सोमबार साँझ साढे ६ बजे एपी वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण र एनसेलको फेसबुक पेजमार्फत पाँच भाग्यशाली ग्राहकहरुको घोषणा गरिन्छ ।

आवश्यक प्रक्रिया पुर्‍याएर प्रत्येक हप्ताको शुक्रबा भित्र अघिल्लो हप्ताका विजयीहरुलाई नगद पुरस्कार हस्तान्तरण गरिने कम्पनीले जनाएकाे छ । 
 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया