साग महिला क्रिकेटमा नेपाललाई कास्य, माल्दिभ्सका ९ जना खेलाडीले खाता नै खाेलेनन्

 मंसिर २१, २०७६ शनिबार १२:१८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा नेपालले कास्य पदक जितेको छ । माल्दिभ्सलाई १० विकेटले हराउँदै नेपालले कास्य हात पारेको हो । 

पोखरा क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको माल्दिभ्स ११ दशमलव ३ बलमा ८ रनमा अलआउट भयो । उसका ९ जना खेलाडीले खाता नैखोल्न सकेनन् । विश्व क्रिकेटमा यति धेरै खेलाडीले खाता नखोलेको दोस्रो पटक हो । माल्दिभ्सकी आइमा एइसहातले मात्र १ रन बनाइन् ।

महिला टी–२० क्रिकेटमा माल्दिभ्सको यो दोस्रो कम स्कोर हो । यसअघि माल्दिभ्स बंगलादेशविरुद्धको खेलमा ६ रनमा अलआउट भएको थियो । जुन विश्व कीर्तिमान थियो ।

बलिङमा नेपालका लागि अञ्जली चन्दले ४ विकेट लिइन् । उनले ४ ओभरमा ३ मेडेन राख्दै १ रन दिएर ४ विकेट लिइन् । यस्तै रुविना क्षेत्री र सीता रानामगरले समान २/२ विकेट लिए ।

जवाफमा नेपालले १ दशमलव १ बलमा बिना विकेटको क्षतिमा लक्ष्य भेट्यायो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया