नारायणगढ–मुग्लिन सडक खण्डको १७ किलो भासियो

 साउन ३, २०७५ बिहिबार १५:३०:१ | उज्यालो सहकर्मी

चितवन - वर्षासँगै पहिरोको चपेटामा परेको नारायणगढ–मुग्लिन सडक खण्डको १७ किलोमा सडक भासिएपछि यात्रुहरुले झनै सास्ती व्यहोर्नु परेको छ ।

गाइघाट नजिकै रहेकोे २५ मिटर लम्बाई र ५ मिटर चौंडाई बराबरको सडक भासिएपछि एकतर्फी रुपमा मात्रै सवारी साधनहरु मुश्किलले सञ्चालन गरइएको चितवन ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो । 

उहाँले भासिएको सडक तत्काल मर्मत नभए सडक अवरुद्ध हुनेतर्फ पनि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

त्यस ठाउँमा १० वर्ष अघि पनि सडक भासिएपछि रड एङकरिङ अर्थात छडमा नडबोल्ट कसेर मर्मत गरिएको थियो । 

अहिले पनि त्यही नटबोल्ट खुकुलो भएर सडक भासिएको हुन सक्ने प्राधिविकहरुले बताएका छन् ।

सडक भासिएपछि काठमाडौंबाट गएका विज्ञहरुले अध्ययन एवम् निरीक्षण गरे पनि समस्या समाधानका लागि तत्काल कुनै सुझाव नदिएको स्थानीयको गुनासो छ ।

सडक भासिनुको कारण पत्ता लगाउने काम विज्ञहरुले गरिरहेको नारायणगढ–मुग्लिङ सडक आयोजनाका इन्जिनियर शिव खनालले बताउनुभयो ।

दैनिक नौ हजारभन्दा बढी सवारी साधन आवतजावत हुने त्यो सडक खण्ड भासिएपछि यात्रुहरु अझ मारमा परेका छन् ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया