१३औँ साग : नेपाल बंगलादेशसँग ४४ रनले पराजित, स्वर्णकाे सम्भावना सकियाे

 मंसिर २१, २०७६ शनिबार १३:१९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल बंगलादेशसँग ४४ रनले पराजित भएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय १५५ रन बनायो ।

सुरुवात राम्रो गर्न नसकेको बंगलादेशले १६ रनमा तीन विकेट गुमाएको थियो । उसका सुरुवाती तीनै खेलाडीलाई पूर्व कप्तान पारस खड्काले आउट गरेका थिए । जसमा ओपनर मोहम्मद नइम र सौम्य सरकारलाई ६ तथा सैफ हसनलाई खाता खोल्न नपाउँदै आउट गरे ।

त्यसपछि यासिर अलीलाई १४ रनमा अभिनाश बोहोराले पेभेलियन फर्काएपछि नेपालले ५९ रनमा चार विकेट लिन सफल भयो ।

तर त्यसपछि कप्तान नाजमुल हुसेन सन्तु र अफिफ हुसेनबीच ८६ रनको उत्कृष्ट साझेदारी हुँदा नेपालले बलियो लक्ष्य पायो । जसमा सान्टोले अविजित ७५ रन बनाए भने हुसेनले ५२ रनको अर्धशतकीय पारी खेले ।

बलिङमा नेपालका लागि पारस खड्काले तीन तथा दिपेन्द्र ऐरीले दुई विकेट लिए ।

जवाफमा नेपालले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ११ रन बनायो नेपालका दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।

खराब सुरुवात गरेको नेपालले ११ रनमा पहिलो विकेट गुमायो । त्यसपछि १४ रनमा तीन विकेट गुमाएको नेपालले ६६ रन बनाउँदा पाँच विकेट खेर फाल्यो । 

नेपालका पारस खड्का ९ रनमा आउट भए भने पवन सर्राफले खाता नै खोल्न सकेनन् । यस्तै आरिफ शेख पनि खाता नखोलि पेभेलियन फर्किए । 

त्यसपछि दिपेन्द्रसिंह ऐरी १६ रनमा पेभेलियन फर्किएपछि नेपालले चौथो विकेट गुमायो ।

कमजोर ब्याटिङ गरेको नेपालका रोहित पौडेल ८ तथा विनोद भण्डारी ३ रनमा पेभेलियन फर्किँदा नेपालले ७५ रनमा ६ विकेट गुमायो ।

त्यसपछि नेपालका खेलाडीबीच साझेदारी हुन सकेन । जसका कारण नेपाल सस्तैमा समेटियो । नेपालका कप्तान ज्ञानेन्द्र मल्लले ४३ रन बनाउँदा अरु खेलाडी एकोहोरो रुपमा आउट भए ।

यो हारसँगै नेपालले अब कास्य पदकका लागि खेल्नेछ । अंकतालिकामा नेपालको ४ खेलबाट ४ अंक छ भने समान ३ खेल खेलेका माल्दिभ्स र भुटानको शून्य अंक छ । 

त्यस्तै श्रीलंका यू–२३ र बंगलादेश यू–२३ को समान ३ खेलबाट ६/६ अंक छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया