साग पुरुष फुटबल : अनन्तको गोलमा नेपाल माल्दिभ्सविरुद्ध २-१ ले अगाडि

 मंसिर २१, २०७६ शनिबार १४:४८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा अहिले नेपाल र माल्दिभ्सबीचको खेल जारी छ ।

दोस्रो हाफको खेल चलिरहँदा नेपालले माल्दिभ्सविरुद्ध २-१ गोलको अग्रता बनाएको छ । नेपालका लागि अभिषेक रिजाल र अनन्त तामाङले गाेल गरे ।  

पहिलो हाफको १८ औं मिनेटमा माल्दिभ्सका इब्राहिम महुदीले गोल गर्दै अग्रता दिलाएका थिए । तर खेलको ४३ औँ मिनेटमा नेपालका लागि अभिषेक रिजालले गोल गर्दै बराबरी गरे ।

नेपालका २ वटा प्रहार साइडबारमा लागेर बाहिरिएको थियो भने २५ औं मिनेटमा सुनिल बलले प्रहार गरेको फ्रि किकलाई गोलकिपरले बचाएका थिए ।

२६ औं मिनेटमा माल्दिभ्सका गोलकिपर विट भइसकेका बेला अन्य खेलाडीले हेडरमार्फत बल किलियर गरेका थिए ।

खेलको ५२औँ मिनेटमा नेपालका लागि अनन्त तामाङले हेडमार्फत गोल गरेका हुन् । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया