लिभरपुलकाे अपराजित यात्रा कायमै

 मंसिर २२, २०७६ आइतबार ७:२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले अपराजित यात्रा कायमै राखेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले एएफसी बर्नमाउथमाथि ३–० गोल अन्तरको जित दर्ता गरेको छ ।

जितसँगै शीर्ष स्थानमा रहेको लिभरपुलको ४६ अंक रहेको छ । दोस्रो स्थानमा रहेको लेस्टर सिटीको ३५ अंक छ । बर्नमाउथको मैदानमा लिभरपुलले ३५ औं मिनेटमा अग्रता लिएको थियो ।

उसका लागि चेम्बरलिनले हेन्डरसनको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । ४४ औं मिनेटमा मोहम्मद सलाहको पासमा नेवि केइटाले गोल गर्दै अग्रता दिलाए ।

पहिलो हाफमा २ गोल गरेको लिभरपुलले दोस्रो हाफमा १ गोल थपेको थियो । ५४ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई ३–० ले अगाडि बढाए ।

त्यसपछि थप गोल नभएपछि लिभरपुल ३–० ले विजयी हुँदै अपराजित यात्रा कायमै राख्न सफल भयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया