आज कोशी, बाग्मती, गण्डकी र कर्णालीका एक/दुई ठाउँमा हल्का पानी...
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौं, जेठ ९ – नेपाली यू १६ टोलीका लेग स्पीनर सन्दीप लामिछानेलाई टाटा मोटर्सले टाटा टिगोर कार उपहार दिने भएको छ ।
बुधबार साँझ काठमाडौंको सोल्टी होटलमा एक कार्यक्रममा लामिछानेलाई कार पुरस्कार दिन लागिएको हो । टाटा मोटर्सले सन्दीप लामिछानेलाई ३ वर्षका लागि ब्राण्ड एम्बेस्डर बनाएर करीब ३३ लाख रुपैयाँ मूल्य पर्ने टाटा टिगोर कार उपहार दिन लागेको हो ।
लामिछानेलाई नेपाली राष्ट्रिय क्रिकेटमा पुर्याएको योगदान तथा हालै भारतमा खेलिएको आईपीएल क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै देशको नाम राखेको कदर स्वरुप टाटाले पुरस्कार प्रदान गर्न लागेको हो ।
कार उपहार पाउँदा लाग्ने लाभकरबापतको सम्पूर्ण रकम पनि टाटाले नै ब्यहोर्ने जनाइएको छ ।