विप्लव समूहका मेचीनगर इञ्चार्ज पक्राउ

 मंसिर २२, २०७६ आइतबार १३:४५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ– विप्लव नेतृत्व नेकपा समूहका मेचीनगर इञ्चार्ज यामकुमार गिरी पक्राउ परेका छन् । 

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले गिरीलाई शुक्रबार बेलुका काठमाण्डौको तिनकुनेबाट पक्राउ गरेको हो । 

गएको भदौ २३ गते राति झापाको बिर्तामोडमा रहेको सहारा नेपाल बचन तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालयको निर्माणाधीन भवनमा बम विस्फोट गराउने व्यक्तिहरुमध्ये गिरी पनि एक हुन् । 

बम विस्फोटबाट निर्माणाधीन भवनमा क्षति पुगेको थियो । गिरीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया