साग पुरुष फुटबल : सुजलकाे पासमा सुनिलकाे गाेल, बंगलादेशविरुद्ध नेपाल १-० ले अघि

 मंसिर २२, २०७६ आइतबार १७:५२:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलमा फाइनल प्रवेशका लागि नेपाल बंगलादेश खेलिरहेका छन् । 

खेलको पहिलो हाफमा नेपाल एक–शून्य गोलले अघि छ । नेपालका लागि कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गरे । उनले ११औँ  मिनेटमा नेपाललाई अग्रता दिलाएका हुन् । 

आजको खेलमा नेपालले बंगलादेशसँग बराबरी खेलेको अवस्थामा पनि उपविजेता बन्दै नेपाल फाइनल पुग्नेछ । भुटान श्रीलंकालाई हराउँदै फाइनलमा पुगिसकेको छ ।  

यो खेलमा विजयी हुने टोलीले मंगलबार भुटानसँग उपाधिका लागि खेल्नेछ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया