साग पुरुष फुटबल : बंगलादेशलाई १-० ले हराउँदै नेपाल फाइनलमा

 मंसिर २२, २०७६ आइतबार १८:५७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल फाइनल प्रवेश गरेको छ । 

आइतबार दशरथ रंगशालामा भएको सेमिफाइनलमा बंगलादेशलाई १-० गोलले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो । 

नेपालले पहिलो हाफमा नै गोल गरेर अग्रता बनाएको थियो । नेपालका लागि कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गरे । उनले ११औँ  मिनेटमा नेपाललाई अग्रता दिलाएका हुन् । 

अब नेपालले उपाधिका लागि मंगलबार भुटानसँग प्रतिस्पर्धा गर्नेछ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया