जातीय विभेदविरुद्ध कलम चलाउने सञ्चारकर्मी लम्साललाई डा. अम्बेडकर अवार्ड

 मंसिर २२, २०७६ आइतबार २०:३६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

सञ्चारकर्मी आरती लम्साल डा. भिमराव अम्बेडकर अवार्ड २०१९ बाट सम्मानित हुनुभएकाे छ ।

भारतको राजधानी नयाँ दिल्लीमा आयोजित समारोहमा भारतीय अकादमीले लम्साललाई जातीय विभेदको अन्त्य र महिला सशक्त्तिकरणमा योगदान पुर्याए बापत डा. अम्बेडकर कलाश्री अवार्डबाट सम्मान गरेको हो  

जातीय विभेदविरूद्ध अन्तरजातिय विविह गरेकी लम्सालले पछिल्लो समय विभेदविरूद्धको अभियान समेत चलाइरहनुभएकाे छ ।

कार्यक्रममा डा. अम्बेडकर एक्सिलेन्सी सर्भिस अवार्डबाट सामाजिक अभियन्ता बिमला गौचन सम्मानित हुनुभएकाे छ । अग्रज समाजसेवी गौचन एकल महिला समूह म्याग्दीकी अध्यक्ष  हुनुहुन्छ । यसैगरी समाजसेवीहरू सुशीला कट्टेल गैरे र राजकुमार सुनार पनि सम्मानित भएको नेपाल अकादमीका अध्यक्ष ठाकुरचन्द्र गहतराजले जानकारी दिनुभयाे ।

भारत, नेपाल लगायत दक्षिण एसियाका सञ्चार , मानव अधिकार, सामाजिक र साहित्यको क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई संस्थाले प्रत्येक वर्ष अम्बेडकर अवार्डबाट सम्मान गर्दै आएको छ ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया