१३औँ साग : पाकिस्तानी खेलाडीलाई दूतावासको सम्मान

 मंसिर २३, २०७६ सोमबार १२:५२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा रहेकाे पाकिस्तानी राजदूतावासले दक्षिण एसियाली खेलकुदमा सहभागी पाकिस्तानी खेलाडीहरुलाई सम्मान गरेको छ ।

राजदूतावासले काठमाण्डौमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा खेल्न आएका खेलाडीहरुलाई रात्रिभोज आयोजना गरी सम्मान गरेको हो । दूतावासले खेलाडीहरुले राम्रो प्रतिस्प्रधा गरिरहेको र थप उर्जा दिन सम्मान गरिएको बताएको छ ।

१३औं सागमा पाकिस्तानले अहिलेसम्म २९ स्वर्ण, ३४ रजत तथा ४७ काँस्य गरी कुल १ सय १० पदक प्राप्त गरेको छ । साग सकिन दुई दिन अघि राजदूतावासले आफूहरुलाई सम्मान गरेकाले थप उर्जा मिलेको खेलाडीहरुले बताएका छन् ।

नेपालका लागि पाकिस्तानी राजदूत मजहfर जावेदले आफ्ना खेलाडीहरुले अपेक्षा नुसार प्रदर्शन गरी पदक जितेको भन्दै प्रशंसा गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया