१३औँ साग : २० वर्षपछि नेपाललाई बक्सिङमा स्वर्ण

 मंसिर २३, २०७६ सोमबार १५:१६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा ५४ केजी तौल समूहमा नेपालले स्वर्ण जितेको छ । नेपालकी मिनु गुरुङले भारतीय खेलाडीलाई हराउँदै स्वर्ण जितिन् । 

उनले भारतीय खेलाडी शिखालाई अंकका आधारमा हराइन् । नेपालले सागमा बक्सिङतर्फ २० वर्षपछि स्वर्ण जितेको हो । यसअघि सन् १९९९ को आठौं सागमा नेपालले बक्सिङतर्फ दुई वटा स्वर्ण जितेको थियो । 

सन् १९९९ मा नेपालका लागि प्रकाश थापा मगर र रामचन्द्र थापा मगरले स्वर्ण दिलाएका थिए । नेपालमा भएकाे आठाैँ सागमा नेपालले बक्सिङमा दुईसहित ३१ वटा स्वर्ण जितेकाे थियाे । 

यस्तै ललिता महर्जनले रजत पदक जितेकी छिन् । महिला ४८ केजीको लाइट फ्लाइ विधामा ललिता फाइनलमा कलाईभानी श्रीभासनसँग अंकका आधारमा पराजित भइन् । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया