नेकपाका वरिष्ठ नेता नेपाल र भारतीय राजदूत पुरीबीच भेटवार्ता

 मंसिर २३, २०७६ सोमबार १६:३८:१७ | रासस
unn.prixa.net

काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालसँग नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीले साेमबार नेता नेपालको निवास कोटेश्वरमा भेटवार्ता गर्नुभएको छ ।

आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारी रहनुभएका राजदूत पुरीले पूर्वप्रधानमन्त्री एवं नेकपाका विदेश मामिला विभागका प्रमुख नेपालसँग बिदाइ भेट गर्नुभएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जनाउनुभयो ।

भेटका अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षबारे कुराकानी भएको थियो । दुई देशबीच अहिले सीमा विवाद उत्पन्न भएकाले कूटनीतिक र राजनीतिक तहबाट समाधानको पहल भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा विवादबारे छलफल गर्न नेता नेपाललाई विशेष दूतका रुपमा पठाउने तयारी गर्नुभएको छ । तर भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले समय नदिएका कारण नेता नेपालकाे भारत भ्रमण स्थगित भएकाे बताइएकाे छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया