जुडाेमा पुनमलाई स्वर्ण, नेपालकाे स्वर्ण संख्या ४८ पुग्याे

 मंसिर २३, २०७६ सोमबार १७:३५:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला जुडोमा नेपालकी पुनम श्रेष्ठले स्वर्ण जितेकी छिन् । 

बक्सिङको महिलातर्फ ७८ केजी तौलमा पुनमले बंगलादेशकी खेलाडी फरिना खानोमलाई हराएकी हुन् । जारी सागमा नेपालले जुडोतर्फ २ वटा स्वर्ण जितेको छ । 

यसअघि आइतबार भएको खेलमा देविका खड्काले ५२ केजीमा बंगलादेशकी जेरिन ताहामिदालाई हराउँदै स्वर्ण जितेकी थिइन् । याेसँगै नेपालले स्वर्णकाे संख्या ४८ पुर्‍याएकाे छ ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया