कतारका राजा स्वदेश फिर्ता
बैशाख १२, २०८१ बुधबार
काठमाण्डाै - सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ घटेको छ ।
मंगलबार सुन तोलाको ७० हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साेमबार पनि सुनको भाउ तोलामा २ सय रुपैयाँ नै घटेर तोलाको ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै मंगलबार चाँदी तोलामा ५ रुपैयाँ नै घटेर तोलाको ८ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ । चाँदीको भाउ हिजो पनि तोलामा ५ रुपैयाँ नै घटेको थियो ।
डलरको तुलनामा भारतीय रुपैयाँ मजबुत भएपछि नेपाली बजारमा सुनचाँदीको भाउ घटेको सुनको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो ।