कोहलपुरको कर्फ्यु हट्यो, जनजीवन सामान्य बन्दै

 मंसिर २४, २०७६ मंगलबार १६:३५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – बाँकेको  कोहलपुरमा लगाइएको कर्फ्यु हटेपछि जनजीवन सामान्य बन्दै गएको छ ।

कोहलपुर नगरपालिका ६ मा आइतबार ट्रकको ठक्करबाट स्कुले बालिका घाइते भएपछि उत्पन्न तनावका कारण लगाइएको कर्फ्यु मंगलबार बिहानबाट हटाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

सोमबार बिहान जनजीवन सामान्य भएको भनिए पनि दिउँसो फेरि प्रदर्शनका कारण तनाव भएपछि पसल बजार बन्द भएका थिए भने सर्वसाधारणलाई आवतजावत गर्न दिइएको थिएन । 

कोहलपुर नगरपालिका–११ की १२ वर्षीया प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि सोमबार र आइतबार दिउँसो  कोहलपुर तनावग्रस्त भएको थियो भने मंगलबार बिहान पनि र्‍याली निकालिएको थियो ।  
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया