पाेखरा प्रिमियर लिग : उद्घाटन खेलमा पोखरा पल्टन र काठमाण्डौ गोल्डेन्स खेल्ने

 मंसिर २५, २०७६ बुधबार १३:४१:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

कास्की – पोखरा प्रिमियर लिग (पीपीएल) फ्रेन्चाइजी क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ ।

प्रतियोगिताको उद्घाटन खेल यही २८ गते बिहान साढे ११ बजे पोखरा रंगशालामा हुनेछ । पहिलो खेलमा पोखरा पल्टन र काठमाण्डौ गोल्डेन्स प्रतिस्पर्धा गर्दैछन् । 

प्रतियोगिताको दोस्रो दिन दुई वटा खेल हुनेछ । पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ, जसमा विराटनगर टाइटन्स र धनगढी ब्लुज प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै साढे १२ बजे हुने खेलमा काठमाण्डौ गोल्डेन्स र बुटवल ब्लास्टर्स खेल्नेछन् । 

तेस्रो दिनको पहिलो खेलमा पोखरा पल्टन र चितवन राइनोज खेल्नेछ । यस्तै चौथो दिन काठमाण्डौ गोल्डेन्स र धनगढी ब्लुजबीच खेल हुनेछ भने दोस्रो खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टन खेल्नेछन् । 

प्रतियोगिताको ट्रफी शुक्रबार सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया