टी–२० सिरिज भारतलाई, अन्तिम खेलमा वेस्ट इण्डिज ६७ रनले पराजित

 मंसिर २६, २०७६ बिहिबार ६:२७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ– वेस्ट इण्डिजविरुद्धको तेस्रो तथा निर्णायक टी–२० मा भारत ६७ रनले विजयी भएको छ ।

जितसँगै टी–२० सिरिज भारतले २१ ले जितेको छ । टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ४० रनको विशाल योगफल बनायो । 

भारतका लागि लोकेश राहुलले सर्वाधिक ९१ रन बनाए । उनी ५६ बलमा ९१ रन बनाउँदै आउट भए । त्यस्तै ओपनर रोहित शर्माले ३४ बलमा ७१ रनको सानदार पारी खेल्दै आउट भए । 

यता २९ बलको सामना गरेको कप्तान विराट कोहलीले ७ छक्का र ४ चौकाको मद्दतमा अविजित ७० रन बनाए । 

वेस्ट इण्डिजका लागि शेल्डन कोट्रेल, केसरिक विलियम्स र केरन पोलार्डले समान एक/एक विकेट लिए । 

२ सय ४१ रनको लक्ष्य पछ्याएर मैदानमा उत्रिएको वेस्ट इण्डिजले ८ विकेट गुमाउँदै १ सय ७३ रनमात्र बनाउन सक्यो । उसका लागि केरन पोलार्डले ६८ र शिमरन हेटमायरले ४१ रन बनाए । 

भारतका लागि दीपक चाहर, भुवनेश्वर कुमार, मोहम्मद शामी र कुलदीप यादवले समान २/२ विकेट लिए ।  

भारत भ्रमणमा रहेकाे वेस्ट इण्डिजले अब भारसँग ३ श्रृङ्खलाकाे एकदिवसीय सिरिज खेल्नेछ । एकदिवसीय सिरिज आउँदाे आइतबारदेखि सुरु हुनेछ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया