असगर अफगानलाई फेरि अफगानिस्तान क्रिकेट टिमकाे कप्तानी

 मंसिर २६, २०७६ बिहिबार १३:१४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – असगर अफगान अफगानिस्तान क्रिकेट बोर्डका कप्तानमा नियुक्त भएका छन् । यसअघि हटाइएका अफगानलाई क्रिकेट बोर्डले दोस्रो पटक सबै फर्म्याटको कप्तानमा नियुक्त गरेको हो । 

उनलाई हटाएर गएको वर्ष रहमत साह, गुलबदीन नैब र राशिद खानलाई क्रमशः  टेस्ट, एकदिवसीय र टी–२० को कप्तान नियुक्त गरिएको थियो । 

इंग्ल्याण्डमा भएको विश्वकपमा अफगानिस्तानले सबै खेल हारेको थियो । भर्खरै वेस्ट इण्डिजविरुद्धको एकदिवसीय सिरिज अफगानिस्तानले २–१ ले अफगानिस्तानले हारेको थियो । एक मात्र टेस्ट सिरिज पनि जोगाउन सकेन । 

अहिले कप्तानमा पुनः नियुक्त भएका असगरलाई त्यतिबेला हटाउँदा मोहम्मद नाबी, राशिद खान लगायतले क्रिकेट बोर्डको आलोचना गरेका थिए । उनीहरुले त्यतिबेला अफगानकै कप्तानीमा विश्वकप खेल्नुपर्ने धारणा राखे पनि त्यतिबेला पूरा भएको थिएन । 

तर अहिले फेरि अफगानिस्तानको कप्तानी सम्हाल्न आएका असगरले आफूलाई कतिसम्म कप्तानी क्रिजमा टिकाइ राख्छन् त्यो भने भविष्यमा नै थाहा हुनेछ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया