सुनको भाउ घट्यो

 मंसिर २७, २०७६ शुक्रबार १०:४१:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुनको भाउ शुक्रबार तोलामा ४ सय रुपैयाँले घटेको छ । 

सुनको भाउ तोलाको ७० हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार तोलामा ४ सय रुपैयाँ बढेर सुन तोलाको ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

चाँदीको भाउ भने शुक्रबार घटबढ भएको छैन । चाँदी आज तोलाको ८ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया