सांसद हसिना खानद्वारा शपथ ग्रहण
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डाै - जापानी फुटबल लिग खेल्ने मिश्रित टिमविरुद्ध नेपालको निलो टिम चार-शून्यले पराजित भएको छ ।
नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका र अतिरिक्त खेलाडीका रुपमा बेन्चमा बस्ने खेलाडीलाई समावेश गरेर तयार पारिएको नेपाल निलो टिमविरुद्ध पाहुना टिमले राम्रो प्रदर्शन गर्याे ।
भोला सिलवालको कप्तानीमा रहेको नेपालको निलो टिमले ३० औंँ मिनेटमा पहिलो गोल खान पुग्याे । उसका लागि आरासी तामासिरोको पासमा मासिको सुगिताले गोल गर्न सफल भए ।
पहिलो हाफमा एक गोलले पछि परेको नेपाल निलो टिम दोस्रो हाफमा थप दुई गोल खान पुग्यो । जसमा ४९ औं मिनेटमा सुगिताले नै जापानीज टिमका लागि दोस्रो गोल गरे । उनले नेपालको डिफेन्स र गोलकिपर अगाडि बढेको मौकाको फाइदा उठाउँदै खाली पोष्टमा गोल गरे ।
त्यसपछि ६२ औंँ मिनेटमा जापानी टिमले गोल गर्दै अग्रता तीन-शून्यमा पुर्यायो । त्यसपछि ७३ औंँ मिनेटमा नेपालले चौथो गोल खायो । उसका तोसीकी सासाकीले उत्कृष्ट गोल गरे । निकै चिसो मौसम र मैदान पनि हिलाम्य भएका कारण दुवै टिमका खेलाडीलाई खेल्न निकै असहज भएको थियो ।
नेपालको निलो टिम कुनै पनि बेला खेलमा फर्कन सकेन र पराजित भयो । अब जापानको टिमले आइतबार मनाङको टिमसँग खेल्नेछ ।