ए डिभिजन लिग नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने

 मंसिर २७, २०७६ शुक्रबार २०:३०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शनिबारदेखि सुरु हुने ए डिभिजन लिग फुटबल प्रतियोगिता नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

शनिबारदेखि सुरु हुने ए डिभिजन लिगमा ९१ वटा खेलबबाट लिग च्याम्पियनको टुंगो लाग्नेछ । दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने ए डिभिजन लिगका खेलहरु नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्नेगरी सम्झौता भएको अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए ।

अध्यक्ष शेर्पा र नेपाल टेलिभिजनका अध्यक्ष डा. महेन्द्र बिष्टबीच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

एन्फा अध्यक्ष शेर्पाले एनटीभीसँगको सम्झौताले नेपाली फुटबलमा थप योग्दान पुग्ने र आम सर्वसाधारण माझ फुटबलको लोकप्रियता बढ्ने विश्वास व्यक्त गर्नुभयाे । अघिल्लाे संस्करणको प्रत्यक्ष प्रसारण भने एपीवानले गरेको थियो ।

अध्यक्ष शेर्पाले गत वर्षको भन्दा बढी रकममा सम्झौता भएको बताए पनि रकम भने सार्वजनिक गर्न नमिल्ने उल्लेख गर्नुभयाे । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया