न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
कास्की - नेपाल साहित्य महाेत्सवमा आख्यानकार नारायण ढकालकाे कथासंग्रह 'तमस' काे विमाेचन गरिएकाे छ ।
खगेन्द्र संग्राैला र गनेश पाैडेलले पुस्तककाे विमाेचन गर्नुभएकाे हाे । विमाेचनका अवसरमा पुस्तकका विषयमा छलफल भएकाे थियाे ।छलफलमा खगेन्द्र संग्राैलाले पुस्तकमा कथा र उपन्यासबीचकाे सैद्धान्तिक पाटाे भेट्न सकिने बताउनुभयाे ।
४० वर्षदेखिकाे दाेस्तीमा कहिल्यै साथ नछाेडेकाे बताउँदै लेखक संग्राैलाले ढकाललाई सफलताकाे शुभकामना दिनुभयाे ।
पुस्तकमा १३ वटा लामा तथा छाेटा कथा समावेश रहेकेा नारायण ढकालले जानकारी दिनुभयाे । ढकालका यसअघि प्रेतकल्प, वृशभ वध, हजार माइलकाे बाटाेलगायतका चर्चित कृति प्रकाशित भैसकेका छन् ।
कथासंग्रह बुकिहल पब्लिकेशनले प्रकाशन गरेकाे हाे ।
कास्कीका उज्यालो सहकर्मी सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।