बम विस्फाेट गरेर, करेन्ट लगाएर माछा मार्न नदिने डोटीको बडीकेदार र जाेरायल गाउँपालिकाकाे निर्णय

 पुस १, २०७६ मंगलबार ११:४८:३ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीको दक्षिणी क्षेत्रमा पर्ने ठूलीगाड नदीमा गैरकानुनीरुपमा माछा मार्न बन्द गरिएको छ । 

जलीय जैविक विविधता संरक्षण गर्न भन्दै जिल्लाका दुई वटा पालिका, बडीकेदार र जोरायल गाउँपालिकाले नदीमा माछा मार्ने कार्य बन्द गर्ने निर्णय गरेका हुन् । 
संयुक्तरुपमा जलीय जैविक विविधताको दिगो संरक्षण गर्न जलचर संरक्षण ऐन बनाएर यी दुई पालिकाले सक्रियता देखाएका हुन् । 

पालिकाले आफ्नो छुट्टै कानुन बनाएर स्थानीय नदी र खोलामा बम, विषादी, करेन्टद्वारा माछा मार्न बन्द गरेको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामीले कानुन बनाएर नदी र खोलामा माछा मार्न बन्द गराएका छौँ, कानुन विपरीत काम गर्नेलाई कारबाही हुने छ ।’

त्यस्तै यी दुई पालिकाले जलचर संरक्षणसम्बन्धी समूह गठन गरी ठूलीगाड जलाधार क्षेत्रको संरक्षण गर्न थालेका छन् । गाउँपालिकाले ऐन कानुन बनाइ समूह गठन गरेर समूहलाई नै नदी तथा माछाको संरक्षणको जिम्मा दिएको बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताउनुभयो । 

पछिल्लो समय विस्फोटक पदार्थ, करेन्ट र विषादी प्रयोग गरेर माछालगायत अन्य जलचर प्राणी मारिन थालेपछि लोप हुने अवस्था आएको भन्दै पालिकाले नीति बनाएर संरक्षण अभियान चलाएका हुन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया