बझाङमा जडिबुटी संकलन गर्न गएका दुई किशाेर मृत भेटिए

 पुस १, २०७६ मंगलबार १८:५५:३० | डीबी बिष्ट
unn.prixa.net

बझाङ - बझाङमा जडिबुटी खाेज्न गएका दुई किशाेर मंगलबार मृत भेटिएका छन् ।

सुर्मा गाँउपालिका वडा नम्बर १ बस्ने १८ वर्षीय कविराज बोहरा र १४ वर्षीय शहदेव बोहराको हिउँमा पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गणेश बमले जानकारी दिनुभयो ।

मंसिर २५ गते घरबाट सुर्मा गाँउपालिकाको ओखल भन्ने ठाँउमा जडिबुटी संकलन गर्ने भन्दै गएका दुवै जनाको हिउँमा पुरिएर ज्यान गएको हो । लगातार परेको हिमपातका कारण दुवै जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

जडिबुटी संकलन गर्न गएका दुवै जना घर नफर्किएपछि खोजी गर्दै जाँदा मंगलबार मृत अवस्थामा फेला परेका सुर्मा गाँउपालिकाका अध्यक्ष नरबहादुर बोहराले बताउनु भयो ।

प्रहरी चौकी दौलीचौरबाट घटनास्थलमा प्रहरी टोली खटिएर गएको र थप अनुसन्धान हुन बाँकी रहेको डीएसपी बमले बताउनु भयो । 
 

अन्तिम अपडेट: चैत २२, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया