सुरु भयो स्टार्टअप इनोभेसन मेला : माेबाइलमा स्विच थिचेर दियो बालियो, रोबोटकाे फुटबल हुने

 पुस ४, २०७६ शुक्रबार १५:१९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  विज्ञान प्रविधिको क्षेत्रमा नयाँ आविष्कार गर्न चाहनेहरुले  बनाएका नयाँ-नयाँ उत्पादन प्रदर्शनीका लागि काठमाण्डौमा २ दिने  स्टार्टअप इनोभेसन मेला सुरु भएको छ ।

थापागाउँमा रहेको प्रेसिडेन्टियल बिजनेस स्कुलमा चल्ने मेलाको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचीव दिपक सुवेदीले उद्घाटन गर्नुभयो । उहाँले विद्यार्थीले बनाएको नौलो प्रविधिको प्रयोग गरेर मेलाको उद्घाटन गर्नुभयो ।

विद्यार्थीले मोबाइलमा स्विच थिचेर  तेलको दियो बल्ने प्रविधि बनाएका थिए । लिभिङ विथ आईसीटी म्याग्जिनको आयोजनामा सुरु भएको मेलामा ५० वटा स्टल छन । मेलामा नयाँ-नयाँ विभिन्न कलेजका विद्यार्थीले बनाएका नयाँ आविष्कार,नेपालीले बनाएका ड्रोन र रोबोटको प्रदर्शनी हुनेछ ।

यस्तै  रोबोटको फुटबल पनि मेलामा देखाइने आयोजकले जनाएको छ । उद्घाटन कार्यक्रममा लिभिङ विथ आईसीटीका प्रबन्ध निर्देशक राजन लम्सालले नेपालमा विकास भएका नयाँ प्रविधिलाई प्रोत्साहन गर्न आफूहरुले यस्तो मेला गरेको बताउनुभयो ।

यस्तै सञ्चार मन्त्रालयका सचिव दिपक काफ्लेले सरकारले विज्ञान प्रविधिको क्षेत्रमा लगानी बढाइरहेको र यस्ता कामलाई सधैँ सहयोग गर्ने बताउनुभयो । सरकारले डिजिटल नेपालको अवधारणा अघि सारेको र यस्ता मेलाले सरकारको अभियानलाई सहयोग पुग्ने पनि बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया