सवारी ज्यान मुद्दामा फरार गाउँपालिका अध्यक्ष पक्राउ

 पुस ६, २०७६ आइतबार १५:२१:३५ | जयनारायण यादव
unn.prixa.net

काठमाण्डाै - बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल पाल पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय प्रसौनी गण्डकको प्रहरी निरीक्षक ओमप्रकाश यादव नेतृत्वको टोलीले गाउँपालिका अध्यक्ष पाललाई बिहान ११ बजे पक्राउ गरेको हो  विश्रामपुर ३ बाट अध्यक्ष पाललाई पक्राउ गरेको हो ।

सवारी ज्यान मुद्दामा बारा जिल्ला अदालतबाट २९ दिन सजाय र दुई हजार जरिबानाको आदेश भएपछि फरार सूचीमा रहेका पाललाई आइतबार पक्राउ गरी अदालत समक्ष पेश गरिएको प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी गराउनु भयो ।

जिल्ला अदालतबाट पाललाई कारागार पठाउने आदेश भएको र केहीबेरमा पाललाई वीरगन्ज कारागार पठाइने प्रहरी उपरीक्षक खनालले बताउनु भयो । २०६३ भाद्र २९ गते जिल्ला अदालतले पाललाई सवारी ज्यान मुद्दामा दण्ड तोकेको थियो ।

अन्तिम अपडेट: चैत १, २०८०

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया