छुट्टाछुट्टै घटनामा तीन जनाकाे ज्यान गयाे

 पुस ६, २०७६ आइतबार २०:२९:८ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको घोराही उपमहानगरपालिका-१, अठ्ठाइसेमा दुई बालकको डुबेर ज्यान गएको छ ।

घर नजिकै रहेको किकेनी दहमा डुब्दा स्थानीय भोपेन्द्र घर्तीका साढे २ वर्षका छोरा र बुद्धिराम घर्तीका ४ वर्षका छोराको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु खेल्ने क्रममा दहमा डुबेका हुन् ।

यस्तै, जाजरकोटको भेरी नगरपालिका-११, मचेला मोडमा मोटरसाइकल र ट्र्याक्टर ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ ।

भे ८ प ५१५९ नम्बरको मोटरसाइकल र रा १ च १४ नम्बरको ट्र्याक्टर एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक दिपसिंंह परियारको ज्यान गएको हो ।

उहाँको उपचारको क्रममा रुकुमको चौरहजारीमा रहेको मिसन अस्पतालमा ज्यान गएको हो । अस्पतालमा रगतको अभाव भएको र रगत जुटाउन नसक्दा उहाँलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया