आईपीएल : राजस्थान बाहिरियो, कोलकाता क्वालिफायर्समा

 जेठ १०, २०७५ बिहिबार ८:१२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

इन्डियन प्रिमियर लिग आईपीएलमा बुधबार राति भएको इलिमिनेटर राउण्डमा पराजित भएपछि राजस्थान रोयल्स प्रतियोगिताबाट बाहिरिएको छ । राजस्थानलाई २५ रनले हराएको कोलकाता क्वालिफायर्समा पुगेको छ ।

घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ६९ रन बनायो । उसका लागि कप्तान दिनेश कार्कीकले ५२ तथा आन्द्रे रसेलले ४९ रन बनाए । यस्तै शुंभम गिलले २८ र क्रिस लेयनले १८ रनको योगदान गरे ।

जवाफमा राजस्थानले २० ओभरमा चार विकेट गुमाउँदा मात्र एक सय ४४ रनमा रोकियो । एक सय नौ रन बनाउदासम्म मात्र दुई विकेट गुमाएको राजस्थानले अन्तिम समयमा रन बटुल्न सकेन । उसका लागि सञ्जु सामसनले ५० तथा कप्तान अजिन्क्या राहानेले ४६ रनको योगदान गरे । यस्तै राहुल त्रिपाठीले २० रन बनाएपनि टिमलाई हारबाट बचाउन सकेन ।

अब फाइनल प्रवेशका लागि कोलकाताले हैदरावादसँग खेल्नेछ । हैदरावाद पहिलो क्वालिफायर्समा चेन्नेईसँग पराजित भएको थियो । यो सिजनको आईपिएलमा चेन्नेई फाइनलमा पुगिसकेको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया