ए डिभिजन लिग : साेमबार ठूला क्लबबीच प्रतिस्पर्धा

 पुस ७, २०७६ सोमबार ९:२७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शहीद स्मारक ए डिभिजन लिगमा साेमबार दुई खेल हुँदैछन । जसमा दुवै खेलमा ठूला क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो खेलमा त्रिभुवन आर्मीले मनाङ मर्स्याङ्दी क्लब खेल्नेछन् । अर्को खेलमा थ्रीस्टार र नेपाल पुलिस क्लब आमनेसामने हुनेछन् ।

साेमबार हुने लिगका दुवै खेल दशरथ रंगशालामा हुनेछन् । मनाङ र आर्मीबीचको खेल दिउँसो १२ बजेबाट सुरु हुनेछ । लिगको पहिलो खेलमा मनाङले एपीएफलाई दुई-शून्यले हराएको थियो । यता आर्मीले फ्रेन्ड्स क्लबलाई दुई-एकले पराजित गरेको थियो । दुई उपाधिका दाबेदार क्लबबीचको खेलमा दुवै टिमको लक्ष्य जित नै रहेको छ ।

यसपटक राष्ट्रिय खेलाडीबिना नै लिगमा उत्रिएको मनाङले पहिलो खेलमा दुई-शून्यको जित निकाले पनि सोचेको जस्तो खेल्न सकेको थिएन । यता आर्मीले मनाङसँग अंक लिने लक्ष्यमा छ । 

यस्तै रंगशालामा नै दिउँसो ३ बजे हुने पुलिस र थ्रीस्टारबीचको खेलमा दुवै टिमको लक्ष्य जित हुनेछ । दुवै टिम पहिलो जितेको खोजीमा हुनेछन् । यसअघि पहिलो चरणमा दुवै टिमले बराबरी खेलेका थिए ।

थ्रीस्टार जाउलाखेलसँग गोलरहित बराबरी खेलेको थियो भने नेपाल पुलिस क्लब हिमालयन शेर्पासँग बराबरीमा रोकेको थियो । यसपटक पुलिसको टिममा खासै स्टार खेलाडी रहेका छैनन् । जसका फाइदा थ्रीस्टार लिने लक्ष्यमा हुनेछन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया