विप्लव समूहका मध्यपश्चिम कमाण्ड इञ्चार्ज वीरजंगसहित २१ जना नेता कारागार चलान

 पुस ७, २०७६ सोमबार १८:९:४८ | हेमराज शर्मा
unn.prixa.net

दाङ  – दुई महिनाअघि दाङको राजपुर गाउँपालिका - ४ मुंग्रठा खोलाबाट पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) समुहका २१ जना नेता पूर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला अदालत दाङका न्यायाधिस रितेन्द्र थापाको इजलासले २१ जना विप्लव समूहका नेताहरुलाई जनही १५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । तर, नेताहरुलाई फेरि पक्राउ गर्न प्रहरी तयार अवस्थामा रहेका कारण उनीहरुले धरौटी तिर्न नसक्ने भन्दै करागार जाने निधो गरेका हुन् ।

अदालतको आदेश अनुसार धरौटीमा छुट्ने तयारी गरेका नेताहरुलाई प्रहरीले फेरि पक्राउ गर्ने तयारी गरेपछि आफूहरु धरौटी नतिर्ने र पूर्पक्षका लागि कारागार जाने निर्णय लिएको विप्लव समूहका मध्यपश्चिम कमाण्ड इञ्चार्ज चन्द्रबहादुर चन्द (वीरजंग)ले जानकारी दिनुभयो ।

गएको असोज २९ गते राति मुंग्रेटागाउँमा पार्टीको आन्तरिक बैठक चलिरहेको बेला दाङ प्रहरीले पार्टीका २१ जना नेताहरुलाई हतियार, विष्फोटक पदार्थ, नगद रुपैयाँ र पार्टीका महत्वपूर्ण दस्ताबेज बरामद गरेको थियो ।

प्रहरीले विप्लव समूहका मध्यपश्चिम कमाण्ड इञ्चार्ज वीरजंगसहित राप्ती ब्यूरो इञ्चार्ज सुवास बाठा, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका २१ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको थियो ।

अन्तिम अपडेट: चैत ७, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया