यू–१५ महिला फुटबल : भुटानकाे पाेस्टमा नेपालकाे आधा दर्जन गाेल

 पुस ७, २०७६ सोमबार १९:१३:११ | रासस
unn.prixa.net

काठमाण्डौ – नेपाली राष्ट्रिय यू–१५ (पन्ध्र वर्षमुनि) महिला फुटबल टोलीले भुटानको यू–१५ महिला टोलीलाई पराजित गरेको छ । 

सातदोबाटोको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा सोमबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले भूटानलाई ६–१ गोल अन्तरले पराजित गरेको हो । 

नेपालको जितमा अमिशा कार्कीले ह्याट्रिक पूरा गरिन् । उनले खेलको १२, ४८ र ५४ औँ मिनेटमा गोल गरिन् । 

यस्तै कप्तान प्रिति राईले दुई र सुनकली राईले एक गोल थपिन् । प्रितिले खेलको ४४, ८९औँ मिनेटमा गोल गर्दा सुनकलीले खेलको पाँचौ मिनेटमा गोल गरिन् । 

भुटानकी कप्तान डिकी लाजोमले खेलको १४औँ मिनेटमा एक गोल फर्काएकी थिइन् । अब नेपालले बुधबार भुटानसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया