भारतीय टिममा बुमराहको 'कमब्याक', टी-२० सिरिजमा रोहितलाई आराम

 पुस ८, २०७६ मंगलबार १०:१८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – श्रीलंकाविरुद्धको टी–२० र अस्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिजका लागि भारतीय क्रिकेट टिमको घोषणा भएको छ । 

भारतीय टिममा तीव्र गतिका बलर जसप्रीत बुमराह पनि छन् । कम्मरको चोटको कारण टिमबाहिर रहँदै आएका बुमराह चोटमुक्त हुँदै लामो समयपछि टिममा फर्किएका हुन् ।

यस्तै भारतले श्रीलंकाविरुद्धको टी–२० सिरिजका लागि रोहित शर्मालाई आराम दिएको छ ।

भारतले जनवरी ५ देखि १० सम्म श्रीलंकासँग तीन खेलको टी–२०सिरिज खेल्नेछ भने जनवरी १४ देखि १९ सम्म अस्ट्रेलियासँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया