जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
मकवानपुर - प्रदेश ३ को राजधानी र नामाकरणको विषयमा सहमति भइसकेको मुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभएकाे छ ।
मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गण्डकी प्रदेशका सभामुख नेतृत्वको टोलीलाई स्वागत गर्दै उहाँले प्रदेशको नामाकरण र राजधानीको विषयमा सहमति भइसकेको दावी गर्नुभएकाे हाे ।
‘हाम्रो सहमति भइसकेको छ, अब प्रदेशसभा बैठक बसेर अनुमोदन गर्न बाँकी छ,’ गण्डकी प्रदेशको जिज्ञासामा उहाँले भन्नुभयाे, ‘परिपक्व निर्णयका लागि हामीले यो विषयमा केही ढिलाइ गरेका हौँ । अब बस्ने प्रदेशसभाको पहिलो एजेण्डा नै राजधानीको नामाकरण र स्थान टुंगो लगाउने हो ।’
बहुमत भएकै आधारमा हचुवाको भरमा राजधानी टुंगो लगाउन नहुने भन्दै उहाँले सबैको सहमतिमा टुंगो लगाउँदा दीगो हुने बताउनुभयाे ।
उहाँले राजधानी जहाँ भए पनि उपत्यका बाहिर नै हुने बताउनुभयाे । ‘विकेन्द्रीकरणको विषयमा लामो समय देशमा संघर्ष भयो । अब उपत्यकामै राजधानी हुनुपर्छ भन्ने धारणा गतल हो ।’
उहाँले धेरै सांसद उपत्यकाभित्रै भएका कारण आफ्नो सहजताका लागि राजधानीको विषयमा विवाद निकाल्न खोजेको बताउनुभयाे ।
प्रदेश ३ ले राजधानीको विषयमा समिति बनाएर अध्ययन गरिसकेको छ भने राजधानी टुंगो लगाउने कार्य्विधि पनि संसदबाट पारित गराइसकेको छ । बजेट अधिवेशनमा नै राजधानीको टुंगो लगाउन दबाब रहे पनि प्रदेश सरकारले हिँउदे अधिवेशनबाट टुंगो लगाउने तयारी गरिरहेको छ ।
मुख्यमन्त्री पौडेलले संघीयताको कार्यान्वयनको क्रममा कर्मचारीको अभाव भएको र आवश्यकता अनुसार ऐन कानुन उपलब्ध नहुँदा केही कठिन भए पनि विस्तारै सहज हुँदै गइरहेको दावी गर्नुभयाे ।
गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीसहितको टोलीलाई प्रदेश ३ सरकारले गरिरहेको कामका बारेमा मुख्यमन्त्री पौडेलले जानकारी गराउनुभएकाे थियाे । उहाँले प्रदेश ३ को कृषि, शिक्षा, स्वास्थ्यलगायतको नीति तथा कार्यक्रमको विषयमा मुख्यमन्त्री पौडेलले जानकारी गराउनुभएकाे थियाे भने गण्डकी प्रदेशले पनि आफ्नो अनुभव सुनाएको थियो ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।