मकवानपुर सुमाे दुर्घटना अपडेट : ज्यान गुमाउने संख्या पाँच पुग्यो

 पुस ११, २०७६ शुक्रबार १८:८:४१ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर-३ मा शुक्रबार दिउँसो भएको सुमो दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या पाँच पुगेको छ । दुर्घटनामा परेकामध्ये तीन जनाको घटनास्थलमै दुई जनाकाे उपचार गर्न काठमाण्डौ लैजाने क्रममा बाटोमा नै निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले ज्यान गुमाउनेहरुमा चार जना पुरुष र एक जना महिला रहेको जानकारी दिनुभयो । ज्यान गुमाएका पाँच जनामध्ये दुई जनाको मात्र सनाखत हुनसकेको छ ।

ज्यान गुमाएकामध्ये रौतहटको चन्द्रनिगाहपुर नगरपालिकाका सृजना विक र उहाँका श्रीमान मनिष विकको मात्र सनाखत भएको कुर्मीले जानकारी दिनुभयो । दुर्घटनामा परेर सुमाेमा रुहेका चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले काठमाण्डौबाट रौतहटको चन्द्रनिगाहपुर आउँदै गरेको ना १ ज ३४३३ नम्बरकाे सुमो इन्द्रसरोवर गाउँपालिका वडा नम्बर-३ ओखलडाँडाकाे सडकबाट तल खसेको जानकारी दिएकाे छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया